बिहीबार, असार २६, २०८२

कर्णालीमा जेठ १९ देखि यू–१६ क्रिकेट प्रतियोगिता, सातै प्रदेशबाट टिम सहभागी हुने

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ १४, २०८२


सुर्खेत। कर्णाली प्रदेशमा पहिलोपटक यू–१६ (१६ बर्ष मुनिको) क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघ र कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा यही जेठ १९ गतेबाट प्रतियोयगिता हुन लागेको हो ।

जेठ १९ गतेबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुने यू–१६ क्रिकेट प्रतियोगिता जेठ ३१ गतेसम्म चल्नेछ।

नेपाल क्रिेकट संघका केन्द्रीय कोषाध्यक्ष एवम् प्रदेश अध्यक्ष पदमबहादुर खड्काका अनुसार एसियन क्रिकेट काउन्सिलको कार्यतालिकाबमोजिम आगामी जुनमा हुने एसिसी मेन्स यू–१६ कप २०२५ का लागि नेपाली टिम तयार पार्न प्रदेशमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा सात वटै प्रदेशबाट टिम सहभागी हुनेछ।

‘उत्कृष्ट खेल्ने खेलाडीहरुलाई आगामी जुनमा हुने एसिसी मेन्स यू–१६ प्रतियोगीताका लागि छनोट गरिन्छ’, उनले भने, ‘पहिलोपटक कर्णालीमा ठूलो प्रतियोगिता हुन लागेकाले तयारी तिव्र पारिएको छ।’