सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार मधेश प्रदेशले अंक तालिकाको शीर्ष स्थान ओगटेको छ। प्रतियोगितामा कोशी प्रदेशले खाता खोलेको छ।
बुुधबार कालुङ्गचोक मैदानमा भएको खेलमा कोशीले आप्mनो दोस्रो खेलमा सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै पहिलो २ अंक जोड्न सफल भएको हो।
अंक तालिकामा कोशीको खाता खुलाउने क्रममा शिवांश बजगाईँले ३४ र राजिव महतोले नटआउट ३० रनको पारी खेल्दा रविन मण्डलले १५ तथा अनिश मण्डलले ९ रन जोडेका छन्। कोशीको बोर्डमा सुदूपरिश्चमका तर्फबाट १९ रन अतिरिक्त जोडिन पुगेको छ।
कोशीका अल राउण्डर राजीव महतोले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो पटक प्लयेर अफ दि म्याच हुन सफल भएका छन्।
प्रतियोगिताको तेस्रो दिनसम्म आईपुग्दा दुई खेल खेलेको कोशीले दुई अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उभिएको छ। त्यसअघि पहिला ब्याटिंग गरेको सुदूपश्चिमले जम्मा १८ ओभर ३ बलमा अलआउट हुनुअघि १ सय १ रनको झिनो योगफल खडा गरेको थियो।
कमजोर प्रदर्शनलाई निरन्तरता दिने क्रममा सुदूरपश्चिको टोलीबाट ओपनर विक्रम बोहराले २० र अविरल विकले २८ रन जोडेका छन्। यीबाहेक खेलाडीले ९ भन्दाबढि रन बनाउन सकेनन्।
अभय यादवको कसिलो बलिंगको मद्दतमा मधेश प्रदेशले प्रतियोगितामा लगातार दोश्रो जीत निकालेको छ। ८ दशमलव २ ओभर बलिंग गरेका अभयले २ दशमलव २८ को औसतमा जम्मा १९ रन खर्चिए। उनले गण्डकीको ७ विकेट झार्दै टोलीलाई दोस्रोे जीतसंगै थप २ अंक दिलाएका हुन्।
१५ रन अतिरिक्त पाएको गण्डकीको पारी ३२ दशमलव २ ओभरमा जम्मा १ सय ४ रनमा सीमित भयो। जसमा रोज श्रेष्ठले सर्वाधिक २०, विनय कार्की र रमित कँडेलले समान १५ तथा सुप्रिम सुनाले ११ रन जोडेका थिए।
१ सय ५ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिंग थालेको मधेशले जम्मा १४ दशमलव १ ओभरमा ५ विकेट सुरक्षित राख्दै जीत निश्चित गरेको हो।