मंगलबार, असार ३१, २०८२

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले निकाल्यो पहिलो जीत

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ २३, २०८२


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाचौं दिन शुक्रबार सुदूरपश्चिमले पहिलो जीत हात पारेको छ। कालुङचोक मैदानमा कर्णालीले लुम्विनीलाई ८ विकेटसहितको नतिजा सुम्पिदा तुलनात्मक बलियो मानिएको मधेशलाई हराउँदै सुदूरपश्चिमले तेस्रो खेलमा पहिलो जीत निकाल्दै अंक तालिकामा २ अंकले खाता खोलेको छ।

घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले सय रनपनि नकटाउँदै अलआउट भयो। जम्मा ९२ रन जोडेको कर्णालीका लागि रोशन शाहीले सर्वाधिक ३३ रन बनाए। जम्मा ३१ ओभरसम्म टिकेका कर्णालीका ओपनर कौस्तुभ खड्काले १७ र विजय शाहीले १३ रन जोडे।

लुम्बिनीका शुभम खनालले ४ तथा प्रिन्स पल र लक्ष्मण कुमालले समान एक/एक विकेट लिए।

जवाफी ब्याटिङ गर्ने क्रममा लुम्बिनीका आरिफ खानले नटआउट ३६ रन जोडे। ओपनरद्वय समिर अली मुसलमानले २७ तथा केशव विष्टले नटआउट २८ रन जोड्दै टिमका लागि जीत निश्चत गरेका थिए।

उता वीरेन्द्रनगर मैदानमा भएको खेलमा मधेशले तेस्रो खेल खेल्दासम्म पहिलो हारको सामना गर्दा सुदूपश्मिले पहिलो जीत हात पारेको छ। सुदूरपश्चिमले जम्मा १८ दशमलव १ ओभरमा मधेशको ८६ रन मात्र जोड्न सक्यो।

मधेशका परिमर्जन यादवले सर्वाधिक ११ रन बटुल्दा नुमैर अहमदले १० रन बटुले भने अरुले दोहोरो अंक छुन सकेनन्।
टस जितेर मधेश बलिङ रोजेको सुदूरपश्चिमका सुशिल रावलले ७ ओभर बलिङ गर्दा १ मेडन र २९ डट खेल्दै मधेशका ५ विकेट लिएका थिए।

८७ रन पछ्याएको सुदूरका लागि ओपनरद्वय विक्रम बोहोरोले जम्मा ३१ बलमा ४३ रन खेल्दै टीमलाई बलियो स्थितिमा पुर्याए। आयुष चन्दले ३४ रन जोडे।

पाँचौ दिनको खेल सकिँदासम्म ३ खेल खेल्दा २ मा जीत र एकमा हार व्यहोर्दै ४ अंक जोडेको लुम्बिनी पहिलो र सोही अवस्थाको मधेश दोस्रो तथा कोशी तेस्रो स्थानमा रहेका छन्।

४ खेलमा जम्मा १ खेल मात्र जितेको घरेलु टोली कर्णाली भने चौथो स्थानमा रहेको छ । बाग्मती पाँचौं, सुदूरपश्चिम छैटौं र गण्डकी सातौं स्थानमा छन्।