
बुद्ध एअरको ७२ सिटे जहाजबाट सुर्खेत–काठमाडौं उडान सुरु
सुर्खेत। बुद्ध एअरले सुर्खेत विमानस्थलबाट ७२ सिट क्षमताको जहाजमार्फत् उडान सुरु गरेको छ। एक महिनाअघि परीक्षण उडान गरेको बुद्ध एअरले शुक्रबारदेखि नियमित उडान सुरु गरेको हो।
सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान गरिएको थियो। परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको भएको हो। प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुद्ध एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो