शुक्रबार, बैशाख ७, २०८१

कर्णालीमा कोरोना अप्डेट (कुन जिल्लामा कति संक्रमित?)

 संक्रमितकोसंख्या १२४५, थप ४६ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ५१७ जना रहेको छ ।

  
जगतदल जनाला विक शनिबार, असार ६, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका १९ जना र जाजरकोटका १ जनमा पुष्टि भएको हो । यस्तै राप्ती स्वास्थ्य प्रतिस्ठान, दाङमा गरिएको परिक्षणमा सल्यानका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए ।
शनिबारसम्म कर्णालीमा संक्रमितको संख्या १२४५ जना पुगेको छ । शनिबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५ सय १७ पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ४ रहेको छ ।

कुन जिल्लामा कति जना संक्रमित ?

हालसम्मको जम्मा १२४५ जना मध्ये जिल्लागत संख्या दैलेख ७०९ जना, सुर्खेत २७७ जना, सल्यान १६३ जना, कालिकोट ४२ जना, जुम्ला २४ जना, जाजरकोट १० जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ । रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

शनिबार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्धारा जारी विज्ञप्ति ।