शुक्रबार, बैशाख १४, २०८१

कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

  
कर्णाली टाइम्स आइतवार, फागुन २, २०७७


सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले राजनीनमा दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले राजीनामा दिएको बारे जानकारी गराएका हुन् ।
फेसबुकमा स्टाटस् लेख्दै मानन्धरले आफूले निजी व्यस्तताका कारण राजीनामा दिएको बताएका छन् । उनले लेखेका छन्– ‘यो ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै मेरो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहीरहन नसक्ने भएकोले आजका मितिबाट राजीनामा दिएको व्यहोरा जानकारी गराउँदछु ।’
२०७४ चैत २८ गते मानन्धर कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताका रुपमा नियुक्त भएका थिए । हालसम्म उनले २ बर्ष १० महिना मुख्य न्यायाधिवक्ताको रुपमा कार्यकाल विताएका छन् । आफ्नो कार्यकाल समयमा आफूले सफलता प्राप्त गरेको पनि उनले बताएका छन् ।