बिहीबार, बैशाख ६, २०८१

सुर्खेतको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा संस्थापन पक्षबाट प्यानल नै विजयी, सभापतिमा डाँगी

  
कर्णाली टाइम्स बुधबार, मंसिर ८, २०७८


सुर्खेत। प्रतिनिधि सभाअन्तर्गत सुर्खेत क्षेत्र नम्बर १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित् भएका छन्। संस्थापन पक्षका डाँगीको प्यानल नै क्षेत्रीय कार्यसमितिमा आएको हो।
मंगलबार भएको निर्वाचनबाट डाँगीले ७१९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी बलबहादुर खत्रीले १०३ मत पाए।
क्षेत्रीय कार्यसमितिको सचिवमा पदमबहादुर खत्री र मोहन राना, सहसचिवमा प्रेम सिंह ठकुरी र यामलाल पंगाली निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फको महिला सदस्यमा भद्रा कुमारी योगी, पुरुष सदस्यमा पूर्णप्रसाद जैसी, भिमबहादुर बुढा र विनय कुमार सिंह निर्वाचित भएका छन्। खस आर्य पुरुष सदस्यमा प्रेमबहादुर बुढा र भिमबहादुर खत्री निर्वाचित भएका छन्।
क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा उदय गिरी, ऋषिप्रसाद शर्मा, खड्गबहादुर पोखरेल, खिमानन्द ढकाल, देवबहादुर चन्द, नरहरी भट्टराई, पूर्णबहादुर खड्का, लक्ष्मी पौडेल निर्वाचित भएका छन्।
यस्तै हरिप्रसाद शर्मा, हिरामणि सुनार, अमृता शाही, खगिसरा आचार्य, धनकुमारी बुढा योगी, मैना विक, यामकुमारी वैगार र उदे कामी पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएपनि नेपाली काँग्रेसका महामन्त्री रहेका पूर्णबहादुर खड्काले उम्मेद्वारी नै दिएका थिए।