बिहीबार, बैशाख १३, २०८१

एनआईसी एसियामा सर्वश्रेष्ठ बचत खाता खोलेका परिवारलाई १० लाख बीमा रकम

  
कर्णाली टाइम्स शुक्रबार, असोज १४, २०७९


सुर्खेत। एनआईसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका एक परिवारलाई १० लाख रुपैयाँ बीमा रकम उपलब्ध गराएको छ। शुक्रबार एक कार्यक्रमका बीच वीरेन्द्रनगर–३ का हिक्मत बिकको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराईएको हो।
सर्बश्रेष्ठ बचत खाताअन्तर्गत दुर्घटना बीमा वापतको उक्त रकम चेकमार्फत हस्तान्तरण गरिएको हो। सुर्खेतस्थित शाखाले सर्वश्रेष्ठ सहज बचत खाता खोलेका बिकको दुर्घटनामा मृत्यु भएपछि बीमावापतको रकम उपलब्ध गराएको हो।
नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा रकम भुक्तानी गरिएको बैंकका कर्णाली प्रदेशका प्रदेश प्रमुख राजन प्रसाद पोखरेलले बताए।
पोखरेलले उक्त रकमबाट दुर्घटनामा आफन्त गुमाएका परिवारको आर्थिक सहायता पुग्ने अपेक्षा गरिएको बताए।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ८६४ भन्दा बढी व्यक्तिलाई घातक रोग बीमावापत २ करोड ९० लाख, दुर्घटना बीमावापत १ करोड १० लाख र मेडिकल बीमावापत ३ करोड ४३ लाख गरी ७ करोड ४३ लाख रुपैयाँभन्दा बढी बीमा रकम भुक्तानी गरिएको पोखरेलले बताए।
विश्वसनीय र उत्तरदायी बैंकिङ्ग अभ्यास गर्दै आइरहेको बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ।
यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरुको बीमा, दुर्घटना वीमा र मेडिकल बीमा) सम्बन्धि सर्वश्रेष्ठ फाइदाहरु, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु समावेश छन्।
बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जासम्बन्धि सुविधाहरु लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्स सेवा, चेक क्लियरिङ, आरटीजीएस, आइपीएस÷सी आइपीएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरु ग्राहक तथा ग्राहकले मनोनित गरेका अन्य ३ व्यक्तिहरुका लागि समेत ५ वर्षको लागि पूर्ण रुपमा निशुल्क हुने व्यवस्था बैंकले गरेको छ।
बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरु, ४ सय ७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर तथा ८१ वटा शाखारहित सञ्जाल विस्तार गरेको छ।