कर्णाली टाइम्स
आइतवार, असोज २३, २०७९
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वारेसनामार्फत आफ्नो मनोनयन दर्ता गराएका छन्। काठमाडौंमा रहेका शाहीले ११ बजे निर्वाचन आयोग पुगेर वारेसनामा दिएका हुन्।
नेपाली काँग्रेसका हुम्ला जिल्ला कार्य समिति सचिव किस्न बोहोरा प्रस्तावना र सदस्य बविता शाही उनका समर्थनमा मुख्यमन्त्री शाहीले उम्मेदवारी दर्ता गराएको उनको निजी सचिवालयले जनाएको छ।
शाहीले प्रदेश सभा सदस्यका लागि हुम्ला (ख) बाट उम्मेदवारी दिएका हुन्।
यस्तै प्रतिनिधि सभा सदस्यका लागि काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि वारेसनामामार्फत नै उम्मेदवारी दिने भएका छन्।
उनले सुर्खेत–१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिन लागेका हुन्।