बिहीबार, बैशाख ६, २०८१

सुर्खेत १ (क) मा काँग्रेसका खड्क पोखरेल निर्वाचित

  
कर्णाली टाइम्स बिहीबार, मंसिर ८, २०७९

सुर्खेत। सुर्खेत १ (क) मा नेपाली नेपाली काँग्रेसका सुर्खेत सभापति खड्क पोखरले निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले प्रतिद्वन्द्वीलाई ३ हजार ७५ मतले पछि पार्दै प्रदेश सभा सदस्य जितेका हुन्।

पोखरलले १८ हजार २६३ मत पाएका छन् भने प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ठम्मर विष्टले १५ हजार १८८ मत पाएका छन्।

२०७४ मा नेकपा (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका बिष्ट आफ्नो दल लोकतान्त्रिक पद्धतिविपरित गएको भन्दै एमाले प्रवेश गरेका थिए।

यस्तै सुर्खेत २ (क) बाट नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेल निर्वाचित भएका छन्। उनी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका कालीप्रसाद शाक्यलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

कँडेलले १८ हजार ५६१ मत ल्याए भने शाक्यले १८ हजार ४०० मत ल्याएका छन्।