बिहीबार, बैशाख २०, २०८१

प्रहरी परिचालन गरि मदन भण्डारी राजमार्गको सर्भे (फोटोफिचर)

  
कर्णाली टाइम्स शुक्रबार, फागुन २३, २०७६

जगतदल जनाला विक


मदन भण्डारी राजमार्ग अन्तरगत पश्चिम बाबियाचौर बजार हुँदै खम्बागाडे विद्यापुर खण्डको सर्भे सुरु गर्दा स्थानीयहरुले अवरोध गर्न थालेपछि बिहिवार बाबियाचौर बजार क्षेत्रमा प्रहरी परिचालन गरि सडककको सर्भे गरिएको छ । पाँचदिन सम्म स्थानीयले खम्बागाडे बाबियाचौरबाट मदन भण्डारी राजमार्गको सर्भे गनुपर्ने भन्दै आन्दोलन गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले गत शुक्रबार पञ्चपुरीमा गर्ई तल्लो र माथिल्लो दुबै बाटो मदन भण्डारी राजमार्गको मापदण्ड अनुसार काम गरिने प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सोही अनुसार ५० मिटर सडकको सर्भे हुन थालेपछि स्थानीयले विरोध जनाएका हुन् । सर्भेमा अवरोध गर्न थालेपछि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख ज्ञान बहादुर खत्रीले बताए ।