जाजरकोटका निकायलाई कर्णालीका अर्थमन्त्रीको निर्देशन– बजेट समयमै कार्यान्वयन गर्नुहोस्
सुर्खेत। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिब विक्रम शाहले आर्थिक तथा वित्तीय सुशासन कायम हुनेगरि काम गर्न निर्देशन दिएका छन्। जाजरकोटमा रहेका सरकारी निकायहरुको बार्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्नेक्रममा मन्त्री शाहले स्थानीय तहबाट सिफारिस गराएर आवश्यकतामा आधारित योजना माग गर्न पनि निर्देशन दिए।
‘विनियोजन भएको बजेट समयमै खर्च नहुँदा फ्रिज हुने समस्या कायमै छ, यसले गर्द