
सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्दार
सुर्खेत। सुत्केरी हुन नसकेपछि कालीकोटबाट एक जना महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। बिहिबार तिलागुफा नगरपालिका–१० की २२ वर्षीया सन्तकला रोकायालाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याईएको हो।
स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएपछि उनलाई हेलिकप्टरमार्फत उद्दार गर्नुपरेको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी