बिहीबार, माघ ३, २०८१

बाढीपीडितको आउने दशैं आफ्नै घरमा !

  
कर्णाली टाइम्स बुधबार, पुस २, २०७६
?

सुर्खेतका बाढीपीडितहरु पालमा बास भएको ५ वर्ष बित्यो । यसबीच स्थानीय र प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन पनि भए । थुपै्र सरकार बने । चुनावमा भोट माग्न जाँदा होस् वा चुनावपछि जितेर जाँदा होस्, उनीहरुले नेताबाट एउटै आश्वासन पाए– हामी तपाइँलाई पुनस्र्थापित गर्नेछौं ।
यही कुरा सुन्दासुन्दा आजित भएका बाढीपीडितले अब भने पालको बासबाट मुक्ति पाउने भएका छन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बुधबार पत्रकारको एउटा कार्यक्रममा भने, ‘२०७७ को दशैंसम्म हामीले बाढीपीडितलाई आप्mनै घरमा बसाल्ने छौं ।’


पत्रकारको थप प्रश्नमा उनले पहिलो किस्तास्वरुप डेढ–डेढ लाखको दरले रकमसमेत दिइसकिएको बताए । उनका अनुसार दोस्रो तथा अन्तिम किस्ताबापत दशैंसम्म थप डेढ लाख दिइनेछ छ । जग्गा नभएकालाई भने जग्गा खरिदको लागि थप २ लाख रुपैयाँ दिइने उनले बताए । प्रदेश सरकारको रेकर्डअनुसार सुर्खेतमा ६ सय १४ जना बाढीपीडित छन् । २०७१ साउन अन्तिम साता सुर्खेतका विभिन्न ठाउँमा बाढीपहिरो जाँदा उनीहरु विस्थापित भएका थिए । अहिले उनीहरु महिला प्रशिक्षण केन्द्र, रत्नराजमार्गको मसिना, सुर्खेत–जुम्ला सडकको गिरीघाट लगायत स्थानमा बसिरहेका छन् । यिनीहरुलाई पुनस्र्थापित गर्नको लागि कार्यविधि बनेको र सोहीअनुसार काम भइरहेको उनले जानकारी दिए ।