आइतवार, असार ३, २०८१

समन्वय परिषद बैठकका निर्णय सार्बजनिक, यस्ता छन् २१ निर्णय

  
कर्णाली टाइम्स आइतवार, पुस १३, २०७६

कर्णाली प्रदेश सरकारले दोस्रो समन्वय परिषद बैठक सम्पन्न भएको दुई दिनपछि आइतबार दिउँसो बैठकका निर्णय सार्बजनिक गरेको छ । शनिबार नै निर्णय वेवसाइटमा हालिएको मेसेज पठाएर पनि वेवसाइटमा नभेटिएपछि यसबारे कर्णाली टाइम्सले समाचार प्रकाशित गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको समाचा प्रकाशित भएपछि आइतबार दिउँसो ४ः२६ मा वेवसाइटमा निर्णय पोष्ट गरेको देखिएको छ ।

कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले प्रतिक्रिया दिँदै भनेका छन्, ‘सहजै देखिने बनाउने प्रयास भइरहेको छ, पुन चेक गर्नुहुन अनुरोध छ । अब डाउनलोड भित्र नै उपलव्ध हुनेछ । उपलव्ध नभएमा, सूचनाभित्र थप सूचना बटन क्लिक गरी हेर्न सकिनेछ । यहाँको असहजताको लागि क्षमाप्राथि छौैं ।

बैठकले विभिन्न २१ निर्णय गरेको छ । जो निम्न छन् ।