‘जो होचो उसकै मुखमा घोचो’ ।
यो उखान कर्णालीमा पनि चरितार्थ भएको छ । मानवअधिकारको दृष्टिले निकै पछाडि परेको कर्णालीमा समाजमा कमजोर मानिने महिला र बालबालिका सबैभन्दा बढी जोखिममा परेको एक अध्ययनले देखाएको छ ।
मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था इन्सेकले सन् २०१९ मा प्रदेशभर भएका अधिकार हनन्का घटनाको अवस्थामा सार्वजनिक गरेको छ । संस्थाका प्रदेश संयोजक नारायण सुवेदीले प्रस्तुत गरेको प्रतिवेदनमा एक वर्ष अवधिमा गैरराज्य पक्षबाट ४ सय ६ र राज्य पक्षबाट ५६ गरी ४ सय ६२ घटना भएका उल्लेख छ । तीमध्ये सबैभन्दा बढी महिला अधिकारका घटना २ सय ३८ वटा भएका छन् । त्यसपछि सबैभन्दा बढी बालअधिकार हनन्का घटना ७३ वटा भएका छन् । ‘समुदायमा बालविवाह र महिला हिंसाविरुद्ध सचेतना अभिवृद्धि कार्यक्रम स्थानीय तहबाटै गरिनुपर्छ,’ सुवेदीले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘बलात्कार तथा यौनजन्य हिंसाका घटनाको स्वास्थ्य परीक्षणमा संवेदनशील बन्नुपर्छ ।’
प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा कुटपिटका घटना २५ वटा भएका छन् भने भौतिक संरचनामा क्ष्ँतिका घटना १७ वटा भएका छन् ।
इन्सेकले अघिल्लो वर्ष सन् २०१८ को तुलनामा अधिकार हनन्का घटनामा बृद्धि भएको बताएको छ । उसका अनुसार गत वर्ष ४ सय ३६ वटा मानवअधिकार हनन्का घटना भएका थिए ।
यस्तो छ कर्णाली प्रदेशको सन् २०१९ को मानवअधिकार हनन्को अवस्था ः