शनिबार, असार ३०, २०८१

जनजातिमा भूपेन्द्र, दलितमा जगतदल

पत्रकार संगठित

  
कर्णाली टाइम्स आइतवार, मंसिर २९, २०७६

कर्णाली प्रदेश र सुर्खेतमा विभिन्न जातजातिमा आवद्ध पत्रकार संगठित भएका छन् । जनजाति पत्रकारको प्रदेश स्तरीय भेलाले भूपेन्द्रबहादुर घर्ती र दलित पत्रकारको जिल्ला भेलाले जगतदल जनाला बिकको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।

घर्तीको अध्यक्षतामा गठित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेश समितिको उपाध्यक्षमा धर्मरत्न थापा, महिला उपाध्यक्षमा करिश्मा चौधरी, महासचिवमा सन्तोष घर्तीमगर, संगठन सचिवमा सपना पुन मगर, संस्थागत सचिवमा डिलबहादुर चौधरी, कोषाध्यक्षमा राजेश कुमाल र सदस्यहरुमा नरजन तामाङ, बबिकिशोर गुरुङ, दीपाकुमार गाहा मगर, मनकला बुढामगर, खीमा गुरुङ र छपाल लामा रहेका छन् ।
त्यस्तै, बिकको अध्यक्षतामा गठन भएको राष्ट्रिय दलित पत्रकार संघ, सुर्खेत शाखाको उपाध्यक्षमा सञ्जीव बराल, सचिवमा गोविन्द विश्वकर्मा, सहसचिवमा निरु विश्वकर्मा, कोषाध्यक्षमा यमुना परियार र सदस्यहरुमा गणेश बिक, तिलराज बिक, भीम परियार र चित्र सुनार रहेका छन् ।
फोजिनको भेला यही मसिर १८ गते वीरेन्द्रनगरमा सम्पन्न भयो । भेलाको उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले गरे । कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष डण्डबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश अध्यक्ष दुर्गा थापालगायतले बोलेका थिए । त्यस्तै, मंसिर २४ गते (मंगलबार) आयोजित राष्ट्रिय दलित पत्रकार संघको जिल्ला भेलामा कर्णाली प्रदेश सभा सदस्य राजु नेपाली, पत्रकार महासंघका केन्द्रीय सदस्य सेजुवाल, प्रदेश महासचिव दीपेन्द्र शर्मा, जिल्ला अध्यक्ष गणेशकन्चन भारती र संघका केन्द्रीय सदस्य टेकेन्द्र विश्वकर्माले आ–आप्mनो धारणा राखेका थिए ।