सोमवार, जेष्ठ १४, २०८१

पर्यटन वर्षमा कर्णालीको विशेष लोगो, डिजाइनर हुन् पत्रकार आचार्य

  
कर्णाली टाइम्स बुधबार, पुस १६, २०७६

नेपाल भ्रमण वर्ष–२०२० को लागि कर्णाली प्रदेश सरकारले आप्mनो छुट्टै लोगो बनाएको छ । सुर्खेत घर भई हाल काठमाडौंमा कार्यरत पत्रकार गणेश आचार्यले डिजाइन गरेको लोगोलाई सरकारले आधिकारिक लोगोको रुपमा छनोट गरेको हो ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लोगो छनोटको लागि सार्वजनिक आह्वान गरेको थियो । देशभरबाट प्राप्त लोगोमध्ये आचार्यको लोगो सर्वोत्कृष्ट भएको मन्त्रालयले जनाएको छ । उक्त लोगो भ्रमण वर्ष शुभारम्भको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार बुलबुलेमा आयोजित विशेष समारोहमा सार्वजनिक गरे ।
लोगोमा ‘यसपालि घुमौं कर्णाली’ नारा लेखिएको छ । गोलाकार लोगोभित्र कर्णालीका पर्यटकीय सम्पदा झल्किने ताल, विहार, मन्दिर, देवल, पाटन, हिमाल र नदीका आकृति समेटिएका छन् । लोगो एउटै भए पनि अंग्रेजी र नेपाली भाषामा लेखिएका छन् । अंग्रेजीमा लेखिएको छ– ‘भिजिट कर्णाली’ । अनि, नेपालीमा लेखिएको छ– ‘यसपालि घुमौं कर्णााली’ ।