राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेकपा र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मतको आधारमा नेकपाको जित निश्चितजस्तै भए पनि कांग्रेस उम्मेदवार उत्साहसाथ मनोनयनमा सामेल भएका थिए ।
कांग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दिएका छन् । पाठकको प्रस्तावकमा प्रदेशसभा सदस्य यज्ञबहादुर विसी तथा समर्थकमा गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन छन् । बस्नेतको समर्थकमा पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा र प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा छन् । यस्तै नेकपाका उम्मेद्वार मायाप्रसाद शर्मा र सुमित्रा विसीले पनि उम्मेदवारी दर्ता गरएका छन् । विसीको सर्मथकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल र प्रस्तावकमा प्रदेशसभा सदस्य देवि ओली छन् । शर्माको सर्मथकमा प्रदेशसभा सदस्य ठम्मर विष्ट र प्रस्तावकमा प्रदेशसभा सदस्य करबिर शाही छन् ।
कर्णालीमा प्रदेशसभाका ४० सांसद र ७९ स्थानीय तहका प्रमुख र उपप्रमुख र ४० प्रदेशसभा सदस्य गरी १९८ जना मतदाता रहेका छन् । स्थानीय तहका मतदाताको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले बताए ।