बुधबार, बैशाख १९, २०८१

सुन्दरीको छाउगोठ यात्रा (फोटो कथा)

  
जगतदल जनाला विक मंगलबार, माघ ७, २०७६
छाउपडी प्रथाविरुद्ध यात्रामा निस्किएकी पूर्वमिस नेपाल श्रृंखला खतिवडा पश्चिम सुर्खेतका महिलासँग । तस्विर सौजन्य : कर्णाली प्रदेश प्रहरी कार्यालय

सुर्खेत । अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपाललाई चिनाउन सफल पूर्वमिस नेपाल शृंखला खतिवडा यतिबेला छाउपडी प्रथाले गाँजेको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको यात्रामा छिन् ।

उनले हिजो सोमबार पश्चिम सुर्खेतका पञ्चपुरी, बराहताल र चौकुनेका विभिन्न बस्तीमा स्थानीयसँग भेटघाट गरिन् । आज मंगलबार दैलेख हुँदै अछाम जाने कार्यक्रम रहेको छ । उनको यात्रामा नागरिक–प्रहरी साझेदारी कार्यक्रमले सहजीकरण गरेको छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले समाजले वर्षौंदेखि खेप्दै आएको कूप्रथा उन्मूलनको लागि सबैको हातेमालोले सहयोग गर्ने बताए । यात्राको क्रममा खतिवडाले स्थानीयसँग छाउपडी प्रथाविरुद्ध छलफल गरेकी छिन् ।

उनले छाउपडी प्रथा अन्त्यको लागि स्थानीय प्रशासनको प्रतिवद्धतापत्रमा हस्ताक्षरसमेत गरेकी डीआइजी जोशीले बताए ।