शनिबार, भदौ २९, २०८१

आफ्नै स्थापना दिवसमा कता गए सांसद ?

कर्णाली प्रदेशसभाको दोस्रो स्थापना दिवसमा प्रदेशसभामा रहेका ४० मध्ये १५ जनामात्र उपस्थित भए

  
जगतदल जनाला विक मंगलबार, माघ २१, २०७६

स्थापना दिवसको कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुखसहित ।सुर्खेत । आपूm रहेको संस्थाको स्थापना दिवस उक्त व्यक्तिको लागि विशेष मानिन्छ । तर कर्णाली प्रदेशसभाका सदस्यलाई त्यसको कुनै प्रवाह भएन ।
कर्णाली प्रदेशसभाले मंगलबार आप्mनो दोस्रो वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा निकै तामझामपूर्ण तयारीका साथ शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । तर उक्त कार्यक्रममा प्रदेशसभाका सदस्य र मन्त्रीको उपस्थिति निकै न्यून देखियो ।
प्रदेशसभामा रहेका ४० जना सांसदमध्ये १५ जनामात्र उपस्थिति रहेका थिए । उपस्थिति हुनेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती, विपक्षी दलका नेता जीवनबहादुर शाही, सांसदहरु अमृता शाही, कुर्मराज शाही, गणेशप्रसाद सिंह, झोवा विक, ठम्मर विष्ट, दानसिंह परियार, दीनबन्धु श्रेष्ठ, पदम बहादुर रोकाय, पद्मा खड्का, यज्ञ विसी र रातो कामीको सहभागिता रहेको थियो । विपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभा स्थापना दिवसजस्तो महत्वपूर्ण कार्यक्रममा प्रदेशसभा सदस्यहरुको उपस्थिति न्यून हुनु दुःखद भएको बताए । पद र प्रतिष्ठाका कारण व्यवस्थापिकालाई बिर्सिएपछि समृद्ध नहुने तर्क शाहीले बताए ।

स्थापना दिवसको कार्यक्रममा सहभागी केही सांसदहरु

स्थापना दिवसको अवसरमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभा सचिवालयद्वारा प्रकाशित स्मारिका, विधेयक संग्रह र प्रदेशसभा सदस्यहरुको परिचय पुस्तिकाको विमोचन गरेका थिए । स्थापनाको दुई वर्षको कर्णाली प्रदेशसभाले २९ कानून निर्माण गरिसकेको छ । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३३, नेपाली काङ्गे्रसका ६ र राप्रपाका १ गरी ४० सांसद छन् । प्रदेशसभाको पहिलो बैठक बसेको दिन २०७४ माघ २१ गतेलाई सचिवालयले स्थापना दिवसका रुपमा मनाएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीय व्यवस्थाको प्रारम्भिक चरणमा केही अलमल हुँदा विकासमा अवरोध भएको बताए ।