शुक्रबार, जेष्ठ ४, २०८१

नौं राजनीतिक दलले विरोध सभा गर्ने

  
कर्णाली टाइम्स बिहीबार, माघ २३, २०७६


सुर्खेत, २३ माघ ।
शुक्रवार (भोली) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नौं राजनीतिक दलले विरोध सभा गर्ने भएका छन् । बिहिवार वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रम गर्दै यस्तो जानकारी गराइएको हो । दलहरुले राष्ट्रिय स्वाधिनताको तथा रक्षाको विषयमा सरकारको ध्यानार्कषण गर्ने, एमसीसी परियोजना सम्झौता खारेजी, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भुभाग लाई गाभेर भारतले सार्वजनिक गरेको नक्साको विषयमा प्रदेश स्तरीय विरोध कार्यक्रम गर्न लागिएको नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवंम् कर्णाली प्रदेश इन्चार्ज चक्रपाणी शर्माले बताए । नौं राजनीतिक दलद्धारा शुक्रवार देशव्यापी रुपमा आन्दोलन गरिने भएको छ ।