मंगलबार, बैशाख ४, २०८१

सुर्खेतका एक जोडीले विवाह उत्सव मनाए आश्रममा

  
कर्णाली टाइम्स शुक्रबार, माघ २४, २०७६
विवाह उत्सव मनाउन आश्रममा पुगेका सुवेदी दम्पतीले खाद्यान्न हस्तान्त्रण गर्दै

सुर्खेत, २४ माघ ।
वीरेन्द्रनगर–८ का दिपेन सुवेदी र लक्ष्मी भण्डारीको जोडीले दोस्रो विवाह उत्सव मानव सेवा आश्रममा मनाएका छन् । विवाहको दोस्रो वर्षगाठको अवसरमा शुक्रवार सुर्खेतस्थित मानवसेवा आश्रममा खाद्यान्न सहयोग गरेर मनाएका छन् । मानव सेवा आश्रममा आश्रित असाहायहरुलाई सहयोग गर्ने उद्देश्यले सुवेदी दम्पतीले आश्रममा खाद्यान्न सहयोग गरेका हुन् । सुवेदी दम्पतीले मानव सेवा आश्रमका कर्णाली प्रदेश संयोजक सृजना वलीलाई खाद्यान्न हस्तान्त्रण गरेका हुन् ।
विवाह उत्सबमा फजुल खर्च गर्ने रकम कटौती गरेर असाहयहरुलाई सहयोग गरेको सुवेदी दम्पतीले बताए । ‘विवाह होस् या जन्मदिनको उत्सव मनाउने क्रममा अन्यत्र ठाउँमा अनावश्यक खर्च गर्नुभन्दा असाहय र दीन दुःखीहरुलाई सहयोग गर्नु राम्रो हो’ उनले भने, ‘होटलमा गएर उत्सव मनाउनुभन्दा आश्रममा आएर सहयोग गरि उत्सव मनाउनु उत्तम ठानेर सहयोग गरेका हौ ।’ पहिलो विवाह उत्सव कुपोषित बालवालिकाहरुलाई फलफुल वितरण गरेर मनाएको सुवेदीले बताए ।
मानव सेवा आश्रममा कर्णाली प्रदेशका १० जिल्लाका असाहाय तथा सडकबाट उद्धार गरि राखिएका ४४ जना आश्रित रहेको छन् ।