शुक्रबार, फागुन ११, २०८०

जन नमुनाको ६८ औं वार्षिकोत्सव सम्पन्न

  
कर्णाली टाइम्स आइतवार, फागुन ४, २०७६

सुर्खेत, ४ फागुन ।
जन नमुना माध्यामिक विद्यालय वीरेन्द्रनगर ६ को ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
समृद्ध समाज र मर्यादित जीवनका लागि, आदर्श विद्यालय भन्ने मूल मन्त्रका साथ अगाडि बढेको विद्यालयले निरन्तर सफलता प्राप्त गर्दै आएको सामाजिक विकास मन्त्री दल रावलले बताए । ‘पछिल्लो समय सामुदायिक विद्यालयहरुले पनि गुणस्तरीय शिक्षामा राम्रो गरेका छन् ।’ मन्त्री रावलले भने,’ यस्ता उदाहरणीय रुपमा राम्रा गरेका विद्यालय बाट अन्य विद्यालयहरुले पनि ज्ञान लिन जरुरी छ । कर्णाली प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयहरुका लागि सकरात्मक सोच राखेको बताउँदै मन्त्री रावलले आफ्नो मन्त्रालयबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कर्णाली प्रदेश सभाका सांसद ठम्मर विष्टले निजी र सरकारी विद्यालय बिचको खाडललाई पुर्नुपर्ने बताए । समाजवादी शिक्षालाई जोड दिनुपर्ने बताउँदै सांसद विष्टले औपचारिक र व्यवहारिक शिक्षामा सरकारले जोड दिनुपर्ने बताए ।
वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले विभिन्न समस्याका बावजुत यहाँसम्म आएको विद्यालयको प्रशंसा गर्दै राज्य समुदायले शिक्षाको विकासका लागि लगानी गर्नुपर्नेमा जोड दिइन् । ‘समुदायका मानिसहरु बाटो, पुल, पोखरीका बारेमा के विकास भयो भएन सोध्छन् तर शिक्षामा के भयो भनेर सोध्दैनन् ।’ उपप्रमुख ढकालले भनिन्,’ अन्य कुराहरु भन्दा पहिलो जनताबाट शिक्षाको कुरा आउनुपर्छ । लगानी भएपछि मात्र उलिाई अपनत्व हुँदैन ।
राष्ट्रिय परीक्षा बार्ड कर्णाली प्रदेश प्रमुख जीत बहादुर शाहले विद्यालयमा विद्यार्थीलाई कडा नीति नियम भन्दा पनि स्वतन्त्ररुपमा अनुशासित र आदर्शवान बनाउन सहयोग गर्ने बतावरण बनाउनुपर्ने बताए ।


कार्यक्रमका सहभागीहरु

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहयोग पाइएको भन्दै अगामी दिनमा विद्यालयलाई देशकै नमुना विद्यालयका रुपमा अगाडी बढाइने बताए ।
प्रध्यानाध्यापक याम श्रेष्ठले विद्यार्थीलाई किताबी ज्ञान संगै अन्य व्यतिmत्व, समाजिक र सिपमुलक ज्ञानहरु सिकाउने गरिएको जानकारी दिए ।


कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न वस्तुहरुको समेत प्रदर्शनी गरिएको थियो ।