सोमवार, मंसिर १७, २०८१

जब शिक्षकले आफैंबाट गुणस्तरीय शिक्षा सुधारको सुरु गरे

  
जगतदल जनाला विक सोमवार, फागुन ५, २०७६

सुर्खेत, ५ फागुन ।
सुर्खेतको जन नमुना माध्यामिक विद्यालय २००८ चैत्र १४ गते कक्षा ८ को मान्यता पाएर स्थापना भएको विद्यालय हो । यो विद्यालयले २०२२ सालमा कक्षा १० र २०५४ सालमा कक्षा १२ सम्मको अनुमती पायो । त्यतिबेला शैक्षिक गुणस्तर नहुँदा विद्यार्थी पनि आउँदैनथे । २०६५ सालमा पाँच सय विद्यार्थी नपुगेर दरबन्दी काटिएको थियो ।
जन नमुना माध्यामीक विद्यालयलाई साँच्चीकै नमुना बनाउने योजना बनाएर दत्त चीत्तका साथ लागि परे प्रध्यानाध्यापक याम श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द्र कोइरालाले । २०५१ सालदेखि यहि विद्यालयमा शिक्षण गर्दै आएका श्रेष्ठ २०६९ सालमा प्रध्यानाध्यापकको जिम्मेवारी सम्हाले । प्रध्यानाध्यापक भइसकेपछि विद्यालयको शैक्षिक गुणस्तर कसरी बढाउने भन्ने चिन्ता सङ्गै प्रध्यानाध्यापक र अध्यक्षलाई थप चुनौती पनि थियो । विद्यार्थीको सङ्ख्या न्युन भएपछि विद्यालय नै मर्जहुने स्थितिमा पुग्दा गाउँ – गाउँमा पुगेर भर्ना अभियान गरे । तर पनि विद्यालयको त्यो अवस्था देखेर अभिभावकले पत्याउन सक्ने अवस्था थिएन । प्रध्यानाध्यापक श्रेष्ठले आफ्नो छोरालाई सोहि विद्यालयमा भर्ना गरे । संस्थागत विद्यालयको प्रभाव रहेको ठाउँमा सामुदायिक विद्यालयको एउटा प्रधानाध्यपकले छोरालाई आफ्नै विद्यालयमा पढाउनु समाजका लागि एउटा अचम्मको कुरा हुनु स्वभाविक नै थियो । किन भने आम मनिसको बुझाइ थियो, सामुदायिक विद्यालयमा राम्रो पढाइ हुदैन त्यस माथी पनि मर्ज हुनलागेको विद्यालय भन्ने थाहा हुँदा हुँदै छोराछोरी किन सामुदायिकमै पढाउनु ? अभिभावकको मनमा यस्ता प्रश्न उब्जीन थाले ।


तर जन नमुना लाई साँच्चीकै नमुना बनाउन आफु बाट सुरु गरेको गतिलो उदाहरण श्रेष्ठले आफ्नो छोरालाई आफु पढाउने विद्यालयमा भर्ना गर्नु । त्यसपछि उनले आफ्नो छोरालाई आफु पढाउने विद्यालयमा भर्ना गरी यसको पहिलो अभियान्ता बने । त्यसपछि अन्य शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति, लगायतका पदाधिकारीका बालबालिकाहरु यहिँ पढाउने निर्णय गरे । ‘जब शिक्षक, कर्मचारीका बालबालिका नै विद्यालयमा भर्ना गरेपछि समुदायका अन्य व्यक्तिहरुले पनि विस्वासका साथ भर्ना गर्न थाले ।’ प्रध्यानाध्यापक श्रेष्ठले भने,’ जब सम्म शिक्षकले आफुलाई पत्याउँदैन तब सम्म गुणस्तरीय शिक्षाले पुर्णता पाउँदैन ।
‘आफ्नो विद्यालयमा पढाइको गुणस्तर प्रति हामी आफैलाई विश्वास छैन भने त्यस्ता शिक्षक प्रधानाध्यापक तथा शिक्षकले अरुका छोराछोरीको भविष्य कसरी उज्जवल बनाउन सक्छन् ।’ उनले भने,’ अभिभावकहरुले कुन विश्वासले विद्यालयमा बालबालिका पढाउने ?
गत वर्ष एसईई सकेका प्रध्यानाध्यापक श्रेष्ठका छोरा रोहतमान श्रेष्ठले ३.९० जिपिए अंक ल्याएर प्रदेश ५ र ६ का सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ठ बने । उनकै कान्छो छोरा रोहितमान श्रेष्ठ पनि यही विद्यालयमै कक्षा ९ मा पढ्दै छन् । उनले पनि कक्षा ८ मा जिपिए ४ ल्याका थिए । अन्य अभिभावकले जन नमुनाको पढाई बारे सोधेपछि श्रेष्ठको उत्तर हुन्छ मेरा छोराहरुलाई त्यहिं पढाएको छुं ।’
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले पनि आफ्ना छोरालाई यहि विद्यालयमा पढाएका छन् । जन नमुनाका अरु शिक्षक, कर्मचारीले पनि आफु पढाउने विद्यालयमैं पढाएका छन् । नयाँ विद्यार्थी भर्नाको चाप थेगी नसक्नु भएपछि प्रवेश परीक्षाको नीति बनाएर भर्ना गरेको थियो । ६० जना भन्दा बढी भएको कक्षामा सेक्सन अनुसार पढाउने व्यवस्था गरिएको छ । अंग्रेजी मिडियममा पढाई हुने भएकोले पनि विद्यार्थीको चाप बढेको अभिभावकहरुको भनाई छ । ‘हामीलाई धेरै विद्यार्थी देखाएर संङ्ख्या बढाउन होईन सिकाइ उपलब्धी, जिवन उपयोग, अनुसासित र जिम्मेवार विद्यार्थी उत्पादन गर्नु हाम्रो पहिलो लक्ष्य हो ।’ व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले भने,’ सरकारले सिमित दरबन्दी दिएपनि, भौतिक संरचना, प्रभावकारी शिक्षण सिकाइ, कक्षाकोठा व्यवस्थापन, निजि स्रोत शिक्षक लगायतका व्यवस्थापन गर्न समस्या परेको छ । राजनीतिक पहुँचका आधारमा अनुदान बाँडफाड गर्नु भन्दा पनि विद्यालयको शैक्षिक गुणस्तर र आवश्यकतामा आधारित भएर योजना ल्याउनुपर्ने कोइरालाले बताए । अभिभावकहरु पनि आफ्ना बालबालिकाको पढाई बुझ्न विद्यालयमा नियमीत आउने गरेका छन् ।

यसकारण प¥यो सबैको रोजाईमा जन नमुना

जन नमुनामा जस्तो सुकै सार्वजनिक बिदा, बन्द हड्ताल भएपनि विद्यार्थीको पढाई रोकिदैन । विद्यार्थीका लागि प्राय फुर्सदिलो दिन भनेकै शनिबार हो । तर यहाँ शनिबार पनि सुधारात्मक परीक्षा हुन्छ । प्रतिक्रिया सहित एकहप्ता भित्र विद्यार्थीलाई उत्तरपुस्तीका दिइन्छ । एउटै खालका पाठ्यपुस्तक पढ्न दिक्क लागेमा विद्यार्थी आवश्यकतामा आधारित एक महिना सम्मको रोटेसन कक्षाको व्यवस्था पनि गरिएको छ ।
प्रत्येक शुक्रवार विद्यार्थीकै आयोजनामा विभिन्न नेतृत्व विकास, जनचेतनामुलक कार्यक्रमहरु, अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छन् । कुनै पनि दिन बिदा नबस्ने शिक्षकलाई सम्मान र पुरस्कारको व्यवस्था पनि विद्यालयले गरेको छ । यसो गर्दा शिक्षक नियमित हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइराला बताउँछन् । त्यसैले पनि सकभर कोहि शिक्षकहरु बिदा बस्दैन । बिदा बसिहाले पनि खाली कक्षा हेर्ने दुई जना इक्स्ट्रा शिक्षक छन् । सम्पुर्ण विद्यालयको अनुसासन हेर्ने एक जना शिक्षक छन् । विद्यालयमा शिक्षक र विद्यार्थीको अनुशासनको पाटो हेर्ने गर्दछन् । उच्च माध्यामिक, माध्यामिक, निम्न माध्यामिक १० तहमा २५ जना शिक्षक दरबन्दी छन् । ८ जना निजी स्रोत बाट छन् । त्यस्तै ६५ जना बिहानी सत्रमा र आंशिक १५ जना दिवा सत्रका लागि शिक्षक रहेका छन् । विद्यालय गेट भित्र प्रवेश गरेपछि मात्र शिक्षाका कुरा हुन्छन् । ‘मतदान या कुनै अन्य शिसाबले राजनीतिमा जोडिए पनि विद्यालयको गेट भित्र प्रवेश गरेपछि यहाँ मात्र राजनीतिका कुरा हुन्छन् ।’ शिक्षक देव प्रकाश सापकोटाले भने,’ कसैले पनि त्यस्तो राजनीतिक पुर्वाग्रहमा हर्ने वातावरण छैन् हाम्रो विद्यालयमा ।
उसो त यो विद्यालय नेपाल सरकारले २०७४ सालमा घोषणा गरेका दुई सय २२ सामुदायिक विद्यालय भित्र र कर्णाली प्रदेशको १ नम्बरमा पर्दछ । स्थानीय निकायको सिफारिसमा अहिले जन नमुना विद्यालयको विकास योजना(डिपिआर) तयार भई शिक्षा विभाग बाट स्वीकृत भईसकेको छ ।

किन आउँछन् त निजी विद्यालय छोडेर जन नमुनामा

राम्रो द्यिालय भनेपछि निजी विद्यालयलाई मात्र सोच्ने अभिभावकहरुले अब सामुदायिक विद्यालयमा पनि राम्रो पढाइ हुन्छ भन्ने धारणा जन नमुना बाट लिने गरेका छन् । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र ५ नम्बर प्रदेशका अधिकांश जिल्ला बाट ४० प्रतिशत विद्यार्थी छन् भने सुर्खेतका ६० प्रतिशत विद्यार्थी छन् । जन नमूना माध्यामिक विद्यालय कर्णालीकै शैक्षिक ‘हब’ का रुपमा विकास भएको छ । आफ्ना छोराछोरीलाई भर्ना गर्नका लागि भविभावकले फोन गरेर सोर्सफोर्स लाउने गरेका छन् । कक्षा एक देखि १२ र सिटिभिटीको तीन वर्ष समेत गरी सम्म पढाई हुने यो विद्यालयमा २५ सय विद्यार्थी छन् । शिक्षा विज्ञान, व्यवस्थापन, विज्ञान, शिक्षा र १८ महिने सब ओभरसियर पढाई हुनेगरेको छ ।
कोर्ष उही, अक्षर उही भएपनि पढाउने शैलि र विधिका कारण पनि आफुहरुको रोजाईमा जन नमुना परेको अभिभावक जीवन थापाको भनाई छ ।