सुर्खेत, ६ फागुन ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीका युवाहरुलाई राजनीतिमा आउन आग्रह गरेका छन् । उनले देशको समृद्धि युवाहरु बिना सम्भव नहुने भएकाले युवाहरु राजनीतिमा आई समाज परिर्वतनको बहावमा अघि बढ्न आग्रह गरे ।नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद नेपाल २०७२ को आयोजना तथा जिल्ला युवा समिति सुर्खेत र समाज जागरण स्याक नेपालको संयोजनामा मंगलवार राजधानी वीरेन्द्रनगरमा गरिएको ‘ अन्धविश्वास, लैङ्गिक हिंसा जातिय विभेद् तथा छुवाछुत विरुद्धमा युवा अभियान्’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
युवाहरु रचनात्मक बने प्रदेश सरकारको साथ रहने पनि रावलले उल्लेख गरे । मन्त्री रावलले ‘कर्णालीमा यहि बर्ष देखि बालविवाहको अन्त्य हुने र ‘छुई’ प्रथाको अन्त्य आउँदो असारमा नै गरिसक्ने दावी गरे ।’ छुवाछुतको अन्त्य र समाजमा रहेका विकृति, विसंगतिको अन्त्य गरि देश समृद्धिको मुलुकका रुपमा विकास गर्न युवा परिचालन हुनुपर्ने उहाँको ठम्याई छ ।
युवाहरु हरेक जसो तालिममा समावेस हुनुभन्दा पनि सचेत भएर अभियान्को थालनि गर्नुपर्नेमा रावलले जोड दिनुभयो । कर्णालीमा आत्मनिर्भर चेली बनाउँनको लागि‘ छोरि बैँक खाता कार्यक्रम’ सञ्चालनमा ल्याईएको भन्दै मन्त्री रावलले युवाहरुलाई देश विकासमा लाग्न आग्रह गरे । कर्णाली प्रदेश सभा सांसद माननीय सिता नेपालीले ‘ अस्थाई साधन निशुल्क गर्ने सरकारले ‘प्याड’ निशुल्क वितरण गर्न नसकेको भन्दै आलोचना व्यक्त गरे । अहिले राज्यले छाउगोठ भत्काउने अभियान् थालेको छ,’उहाँले भन्नुभयो ‘जव सम्म महिलाहरुमा चेतनाको विकास गर्न सकिदैन्,मनका गोठ भत्काउन सकिदैन तव सम्म छाउपढि प्रथा कायमै रहने बताए । ‘राष्ट्र निर्माणको निम्ति युवाको भुमिका रहन्छ ,’ सांसाद नेपालीले भनिन् , सामाजिक सांस्कृतिक रुपान्तरणमा युवाहरु अग्रसर हुन आवाश्यक छ । उनले अन्धविश्वासमा युवाहरुले प्रभावकारी, प्रगतिशिल विचार राख्नुपर्ने भन्दै ‘यो देशमा युवाशक्तिले आवाज नउठाएको भए ‘सति प्रथा’ कायमै रहने बताइन् ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा युवा सांसद दानसिंह परियारले ‘ विश्वले भ्रष्ट्राचारिको मुलुक भनेर नेपाललाई चिन्न थालेको बताए ।