बुधबार, फागुन ९, २०८०

 जीप दुर्घटना हुँदा एकको मृत्युु, पाँच घाईते

  
कर्णाली टाइम्स शुक्रबार, फागुन १६, २०७६


सुर्खेत । छिन्चु जाजरकोट सडक खण्डको झुल्केमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतलेका अनुसार शुक्रवार बिहान तीन बजे दुर्घटनामा भएको हो ।

गुर्भाकोट नगरपालिका ९ झुल्के स्थित नेपालगंज बाँकेबाट जामुने बजार सुर्खेत तर्फ जाँदै गरेको लु १ ज ४०७९ नं को बोलेरो जिप अनियन्त्रित भई सडकको बायाँ भित्तामा ठोकिन जाँदा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका सिम्ता ९ बस्ने बर्ष २४ का भुपाल खत्रीको उपचारको क्रममा मेहलकुना अस्पतालमा बिहान सवा पाँच बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।
उनका अनुसार घाइते भएका सिम्ता गाउँपालिका ९ बस्ने २६ वर्षका जिवन पुन (चालक) च्यापिइएको अवस्थामा रहेकोले उद्दार गरी उपचारको लागी पठाइएको छ । यस्तै दुर्घटनामा परेका जय बहादुर अधिकारी, सुर्य बहादुर रोकाय, ईश्वर गिरी, र बिरुनाथ योगीको अवस्था सामान्य रहेको रावलको भनाई छ ।