शुक्रबार, बैशाख २१, २०८१

यसरी बन्दैछन् वीरेन्द्रनगरमा क्वारेन्टाइन (फोटोफिचर)

  
कर्णाली टाइम्स सोमवार, चैत्र १०, २०७६

 


जगतदल जनाला विक
सुर्खेत । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले चारसय बेडसहितको क्वारेन्टइन निर्माणको काम आइतबारदेखी सुरु गरेको हो ।
कम्तीमा एक हप्तामा काम सम्पन्न गर्नेगरी क्वारेन्टाइन निर्माणको काम जारी रहेको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेका सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए । उनकाअनुसार क्वारेन्टाइन निर्माणमा दुईसय बढी नेपाली सेना जुटेका छन् । उनले पहिला चारसय वटा क्वारेन्टाइन बनाइसकेपछि आवश्यकता अनुसार अरु पनि बनाइने बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले बनाउँदै गरेका क्वारेन्टाइनहरु ।