सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघका सचिव रामप्रसाद पाण्डेले बाढीपिडितलाई माक्स वितरण गरेका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बध्नका लागि वीरेन्द्रनगर स्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढीपिडित परिवारलाई माक्स वितरण गरेको हो ।
सोमवार माक्स वितरण गर्दै पाण्डेले कोराना संक्रमण फैलन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । प्रशिक्षण केन्द्रमा रहेका १५ वटा घरपरिवारलाई पुग्ने गरी उनले माक्स वितरण गरेका हुन ।
माक्स पाएपछि बाढीपिडितहरु खुसी भएका छन् । वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली मल प्रालिका अध्यक्षसमेत रहेका पाण्डेले पिडित परिवारलाई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरेका छन् । कोरोना भाइरसको बारेमा समेत जनचेतना फैलाउँदै उनले बिरामी भएमा स्वास्थ्य संस्थामा गएर उपचार गराउन सुझाव दिएका छन् ।
कर्णाली टाइम्स
सोमवार, चैत्र १०, २०७६