सोमवार, फागुन २१, २०८०

सुर्खेतमा दुइ किलो चरेशसहित महिला पक्राउ

  
कर्णाली टाइम्स मंगलबार, चैत्र ११, २०७६

सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक महिलालाई दुइ किलो ३७२ ग्राम लागु औषध चरेशसहित पक्राउगरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक गोपाल रायमाझीका अनुसार चैत आठ गते विशेष सूचनाका आधारमा सुर्खेत लेकवेशी नगरपालिका–१० दुबिचौरबाट एक महिलालाई नियन्त्रणमा लिइएको हो । ‘महिलाको घरमा खानतलासी गर्दा गोठको भूँई तलामा प्लाष्टिकको थैलोमा लुकाई राखेको १ किलो ३४२ मिलिग्राम चलेश र सोही गोठको माथिल्लो तलामा प्लाष्टिको ड्रम भित्र कागजमा लपेटी लुकाई छिपाई राखेको डल्लोमा रहेको कागजमा १ किलो ३० ग्राम गरि जम्मा २ किलो ३७२ ग्राम लागु औषध चरेश बरामद गरी सोही स्थानबाट निज माहिलालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको छ ।’ उनले भने ।