जगदल जनाला विक
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले बुधवार सार्वजनिक स्थलहरुमा क्लोरिन पाउडर छरेको छ । विश्वभर महांमारीकारुपमा फैलिएको कोरोना( कोभीड–१९) को नियन्त्रणका लागि क्लोरिन पाउडर छरिएको छ । वीरेन्द्रनगर नगरपालिका संग दमकल र पानीको सहयोग लिई वीरेन्द्रनगरका सार्वजनिक स्थलहरुमा क्लोरिन पाउडर छरिएको उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले बताए । ‘हामीले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्नका लागि सुरुवात गरेका हौं,’ उनले भने, ‘यस्ता कामहरुमा उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।’
क्याल्सियम हाईकोक्लोराइड र बिलिचिङ पाउडर, लाइनहरु मिसाएर क्लोरिनवाटर ४ हजार लिटरमा १२ सय ग्रामको मिश्रण बनाएर छर्किएको सुर्खेत साइन्स एण्ड सर्जिकलका श्यामकुमार विष्टले बताए । उनका अनुसार यो पाउडरले कोरोनाका किटाणुहरु बाट बच्न सहयोग गर्दछ । वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य शाखा जनस्वास्थ्य अधिकृत पर्शुराम खड्काले विभिन्न ब्याक्टेरिया भाइरसहरुलाई नियन्त्रण गर्ने काम गर्ने भएकोले यस्तो संयुक्त काम गरेको बताए । उक्त पाउडर जिल्ला प्रशासन कार्यालय, अस्पताल, नगरपालिका, बजार क्षेत्र लगायतका सार्वजनिक स्थलहरुमा छरिएको छ ।
कर्णाली टाइम्स
बुधबार, चैत्र १२, २०७६