आइतवार, चैत्र ९, २०८१

‘लकडाउन’मा प्रशासनकै गेटमा भीडभाड

  
जगतदल जनाला विक सोमवार, चैत्र १७, २०७६
लकडाउनको बेला पनि सवारी पास लिनको लागि जिल्ला प्रशासन कार्यालयमा लागेको मान्छेको भीड ।

सुर्खेत । तस्बिरमा देखिएको भीड अरु बेलाको होइन । लकडाउन जारी रहेको बेलाको हो । त्यो पनि लकडाउन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालयकै अगाडिको । यहाँ आजमात्र होइन, लकडाउन भएयता हरेक दिन यस्तै भीड लाग्ने गरेको छ । सवारी सावधनको पास लिनको लागि मान्छेहरु गेटमा झुम्मिन्छन् ।
‘यता नजिक त प्रहरी पनि आउँदैन, हामीलाई पासन दिने मान्छे पनि आउँदैनन्,’ पासको लागि पुगेका एक व्यक्तिले भने, ‘म यहाँ आएको तीन घण्टा भयो, अझैसम्म पास पाएको छैन ।’
सोमबार दिउँसो पनि करिब ५० जना जतिको भीड लागेको थियो । एउटो ठूलो झुण्ड गेटमा झुण्डिएको थियो भने अरु मान्छेहरु ससानो समूहमा बसिरहेका थिए । अधिकांशले मास्क पनि लगाएका थिएनन् । प्रहरी–प्रशासन भने देखेर पनि मौन बस्ने गरेको सरोकारवालाको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले पास लिन आउनेहरुको भीड लाग्ने गरेको बताए । अरु मान्छेलाई त्यहाँबाट हटाउने गरिएको उनको भनाइ छ ।