शनिबार, असार २, २०८१

कर्णालीका १७ जनाको रिपोर्ट नै ‘नेगेटिभ’

  
कर्णाली टाइम्स सोमवार, चैत्र १७, २०७६

 

जगतदल जनाला विक
सुर्खेत ।
कर्णालीबाट कोरोनाको आशंकामा १७ जनाको नमुना परिक्षणका लागि काठमाण्डौ पठाइएका १७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको नमूना परीक्षणका लागि पठाइएको थियो । प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर तथा कोरोना सम्बन्धी फोकल प्रशन केएन पौडेलका अनुसार कर्णालीबाट कोरोना परीक्षणका लागिहालसम्म १७ जनाको स्वावशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं पठाइएका थिए । यस्तै हाल कर्णाली प्रदेशमा झण्डै तीनसय जना क्वारेन्टाइनमा बसेका छन् ।
अहिलेसम्म सबैभन्दा बढी सुर्खेतमा एकसय ८६ जना, कालिकोटमा ५१, डोल्पामा ८५ जना र जुम्लामा ३९ जनाक्वारेन्टाइनमा रहेका छन् । अन्य नागरिकहरु आएका व्यक्तिहरु घरमै होमक्वारेन्टाइनमा बसेका छन् ।