मंगलबार, मंसिर २५, २०८१

पत्रकारलाई धम्की दिएको घटनाप्रति पत्रकार महासंघको ध्यानार्कषण

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १८, २०७६


सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्य तथा अन्नपूर्ण पोष्ट दैनिक कालीकोटका संवाददाता विष्णुप्रसाद न्यौपानेलाई समाचार लेखेको विषयमा
सामाजिक सञ्जाल र अन्य माध्यमबाट धम्की र अश्लिल, अपमानजनक शब्द प्रयोग गर्दै गाली गरेको घटनाप्रति पत्रकार महासंघ कर्णाली प्रदेश समितिको गंभीर ध्यानाकर्षण भएको छ । पत्रकार न्यौपानेद्धारा चैत्र १६ गते लेखिएको समाचारलाई लिएर गालीगलौजा गर्नु प्रेसस्वतन्त्रा विरोधी व्यवहार भएको महांसघले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महांसिचव दिपेन्द्र शर्मा द्धारा जारी उक्त विज्ञप्तिमा भनिएको छ, प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन गर्ने र कानुनी प्रक्रियामा जाने बाटो हुँँदाहुँदै यस्तो कार्य गर्नुले पत्रकारलाई असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको हाम्रो ठहर छ । त्यसमाथि यस्ता उच्छृंखल र गैरकानुनी कार्य गरिनु झन् निन्दनीय हो । त्यसर्थ, पत्रकारमाथिका यस्ता हर्कत बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिँदै कडाभन्दा कडा कारबाही गर्न तथा स्वतन्त्र, रुपमा पत्रकारीता गर्ने वातावरण मिलाउन सम्बन्धीत पक्षसंग माग गर्दछौं ।