बुधबार, बैशाख १९, २०८१

‘लकडाउन’मा हुल बाँधेर मान्छे नपठाउन प्रतिपक्षको सुझाव

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १८, २०७६

जगतदल जनाला विक
सुर्खेत ।  कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले ‘लकडाउन’ मा हुलबाँधेर मान्छे नपठाउन आग्रह सरकारलाई आग्रह गरेका छन् ।
भारत र नेपालका विभिन्न जिल्लाबाट आएर नेपालञ्ज सुर्खेतमा अलपत्र परेका नागरिकको उद्धारका नाममा सरकारले नै गररेको ‘लकडाउन’ का समयमा गाडीमा मनोमानी सयौं यात्रु पठाएको प्रति इंगित गर्दै नेता शाहीले विकसित देशसमेत कोभिड–१९ को महामारीबाट आक्रान्त बनेको बेला कर्णाली प्रदेश सरकारले त्सलाई सामान्यरुपमा लिन नहुने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दैे कोरोना भाइरस नियन्त्रण कार्यमा सरकारलाइ नेपाली कांग्रेसवाट सधै सहयोग र साथ रहेनेछ बाचासहित ११ वटा सुझाव दिएका छन् ।
उनले बाहिरबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्नुको साटो उल्टै हुलबाँधेर गाउँ पठाउने कार्यले कोरोनाको थप जोखिम र सडकमा अहोरात्र खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको मनोबल गिरेको दाबी गरे ।
लकडाउन नीतिलाई उल्लङ्घन गर्नु भन्दा पनि कडाईका साथ लागू गर्दै जो जहाँ छन त्यहिँ स्थानमा खाद्य, स्वास्थ्य सुरक्षा लगाएतका आधारभूत वस्तुको प्रबन्ध मिलाइ गाउँ गाउँमा पर्याप्त स्वास्थ्य सामाग्री तथा उपकरणको ब्यवस्थामा ध्यान केन्द्रीत गर्न प्रदेश सरकारलाई सुझाव दिए ।


पुर्व मन्त्री समेत रहेका नेता शाहीले प्रदेश सरकारबाट हुँदै आएका गतिविधीहरू प्रति आम नागरिकहरूमा सन्तुष्टिको अनुभूति मिल्न नसकेको बताउँदै कोरोनाको नियन्त्रणका लागि सरकारी प्रयासहरू अझ बलियोरुपमा गर्नुपर्ने जनाए ।

कर्णाली प्रदेश सरकारले क्वारान्टाइन निर्माण, आइसुलेसन उपकरण सँगै भारत लगाएत बाहिर देशहरूबाट आएका नागरिकका कारण गाँउगाँउमा त्रास फैलिएकोले यसको व्यवस्थापनमा सरकार जुट्नुपर्ने बताए ।

कारोनाबाट सतर्कता अपनाउन काँग्रेस सुर्खेतको अपिल

यस्तै नेपाली काँग्रेस सुर्खेतले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरसबाट सतर्कता अपनाउन सबैमा अपिल गरेको छ । काँग्रेस सुर्खेतले एक विज्ञप्ति जारी गर्दै जोखिम सामना गर्न पाटीको तर्फबाट सम्पूर्ण साथ रहने जनाएको छ । काँग्रेस सुर्खेतले कोरोना भाइरस रोकथामका लागि प्रदेश तथा स्थानीय तहमा हुनपर्ने कार्य अझै अपुग रहेको भन्दै सरकारको ध्यानआकर्षण गराएको छ ।
पार्टी सभापती कमलराज रेग्मीद्धारा हस्ताक्षर विज्ञप्तिमा सरकारको एक्लो प्रयासले मात्र यो संकट समाधान हुन सक्ने अवस्था नरहेको भन्दै सबैसँगको सहकार्य र समन्वयमा कोरोना विज्ञप्तिमा भाइरससँग जुध्न प्रभावकारी कदम चाल्न जरुरी रहेको उल्लेख गर्दै यो संटकको अवस्थामा गम्भीर भएर लाग्न सबैलाइ अपिल समेत गरेको छ ।