मंगलबार, बैशाख ४, २०८१

मजदुर किसान पार्टीको जिल्ला कार्यसमितिको लाग्यो टुङ्गो, अध्यक्षमा बोहोरा

  
कर्णाली टाइम्स सोमवार, फागुन १९, २०७६

सुर्खेत, १९ फागुन ।
नेपाल मजदुर किसान पार्टीको जिल्ला कार्यसमिति सुर्खेत गठन गरिएको छ । शनिवार भएको जिल्ला स्तरीय भेलाबाट हरि बहादुर रोकायको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । भेलाले अध्यक्ष बाहेकका अरु पदका लागि जिल्ला स्तरको बैठकबाट छनोट गर्ने मजदुर किसानको भातृ संगठन किसान संघका केन्द्रीय सदस्य प्रेम कुमार थापाले जानकारी दिए । सदस्यहरुमा धनेन्द्र वि.क, गोविन्द योगी, शेरबहादुर शाही, लाल बहादुर थापा, गणेश खड्का, तुल्सी खड्का, उर्मीला खड्का, विजुकला राना, निरक बहादुर शाही, जिवन शाक्य, रुपसिं रोकाय, सुर्य बहादुर शाही, गगन विक, जगत लामिछाने, चेतन पौडेललाई चयन गरिएको छ ।
केन्दीय सचिव एवम् प्रतिनिधि सभा सांसद प्रेम सुवालले जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै सरकारले सम्झौता गर्न लागेको एमसीसी देशको हित विपरित भएको बताएका थिए । उनले एमसीसी जस्तो जनविरोधी तत्वलाई सरकारले सम्झौता गरे नेपाल मजदुर किसान पार्टी आन्दोलनमा उत्रने चेतावनी समेत दिएका थिए ।