शुक्रबार, बैशाख २१, २०८१

कर्णालीलाई चिनाउन ‘कर्णाली उत्सव’ (कार्यक्रमको जानकारीसहित)

  
कर्णाली टाइम्स सोमवार, फागुन १९, २०७६

 

जगतदल जनाला विक

सुर्खेत । कर्णालीलाई चिनाउनका लागि  कुडा कर्णालीका भन्ने मुल नारासहित सुरुवात भएको तीनदिने बौद्धिक बहस ‘कर्णाली उत्सव’ सोमवार देखि वीरेन्द्रनगरमा सुरु भएको छ । फागुन २१ गतेसम्म चल्ने उत्सवको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सम्भावनाको खानीका रुपमा परिचत कर्णालीलाई यस उत्सवले महत्वपुर्ण योगदान पु¥याने बताए । संघीयताको नयाँ अभ्यासका कारण कर्णालीमा सोचेजति विकास हुन नसकेको बताए । ‘राज्य संघीय संरचनामा गइसकेपछि तीन तहका सरकार बनेका छन् । यी तीन तहका रकारका काम भनेकै समन्वय, स्वायत्तता, सरोपकार हो ।’ उनले भने, ‘यहाँ आफ्ना अधिकार बिर्सेर एक सरकारले अर्को सरकारको मुख ताक्ने संस्कृति हावी भएको छ । । असमान स्तरको अन्त्य गर्नु जरुरी छ ।’
कर्णालीको जडीबुटीलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउनका लागि सरकारले ‘कर्णाल जडीबुटी विकास कार्यक्रम’ अघि सारेको बताए ।
कर्णालीमै पहिलोपटक सञ्चालन भएको उत्सवमा आन्रिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले ‘ चिनौं कर्णाली’ भन्ने प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै उद्योग वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले उपस्थित पाहुनाहरुलाई ‘घुमौं कर्णाली’ को निम्तो सहित कर्णालीका पर्यटकीय स्थलका बारेमा जानकारी गराएका थिए ।

आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस  ‘कुडा कर्णालीका’ मुख्य नारा गरी विचारहरुको उत्सवकारुपमा वास्तविक कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्य लिएको कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले बताए ।
उत्सवमा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवि एवं विशिष्ट व्यक्तित्वलाई वक्ताका रूपमा आमन्त्रित गरिएको छ । कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने आयोजकको विश्वास रहेको छ ।

तीन तहका सरकार


उत्सवको पहिलो सेसनमा ‘सरकारका तीन तह ः बगाउन्या कर्णालीका बह’ भन्ने शीर्षकमा केन्द्र सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला ता योजना मन्त्री प्रकाश ज्वाला र जुम्लाको चन्दनाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल संगपत्रकार सरोज अधिकारीले बहस गरेका थिए । उक्त सेसनमा संघीय तहहरुबीचको आपसी सम्बन्ध, गाँउगाँउमा सिंहदरवार पुग्यो वा पुगेन? तीन तहका सरकारबीच स्रोत‐साधनको बाँडफाँट तथा संघीयता र समृद्धि लगायतका विषयवस्तुमाथि छलफल भएको थियो ।
‘खसका खासखुस’


कार्यक्रमको दोस्रो सेसनमा ‘खसका खासखुस’ विषयमा खस सभ्यताको बिरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेश र खसका गर्व गर्नलायक विषयहरुमाथि बहस गरिएको थियो । खस भाषाको शव्दकोश खसिया आखरका लेखक संस्कृतिविद रमानन्द आचार्य, डा. बद्री चपागाईं, डा. रमेश ढुङ्गेल संग माधव चौलागाईंले बहस गरेका थिए ।

संस्कार र समानता


‘संस्कार र समानता’ सेसनमा समाजमा रहेका विद्यमान सामाजिक संरचनाले निर्माण गरेको लैंगिक विभेद, कर्णालीका महिलाहरुको सामाजिक अवस्था तथा भोग्नुपरेको हिंसा, विभेद र हिंसाको कारण, समानता र समानुपातिक सहभागिताका विषयमा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक सञ्जिव उप्रेती, स्वतन्त्र फोटा्े पत्रकार उषा तितिक्षु र अधिवक्ता गिता कोइराला संग पत्रकार टिका विष्टले बहस गरेकी थिइन् ।


मंगलवार (भोली) हुने कार्यक्रमहरु
कर्णाली क्यानाम घुमेर हेर्दा
कर्णाली किन घुम्ने? कर्णालीका पर्यटकीय गन्तव्यहरुको चर्चा, पर्यटन प्रवद्र्धनका नीतिगत व्यवस्था र वर्तमान अवस्था तथा अब गर्नुपर्ने कामबारे बहस गर्न ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ मोहन मैनाली, अमर बहादुर शाही, अस्मिता थापा संग पत्रकार दामोदर न्यौपानेले बहस गर्नेछन् ।
मुख्य माण्ठः मूल कुडा
मुलमाण्ठ मुल कुडामा प्रदेश प्रमुख संग निर्मला शर्माले बहस गर्नेछिन् ।

दबाई र देउता भोक र भकारी
कर्णालीको स्वास्थ्य र खाद्यान्नलाइ समेटेर निर्माण गरिएको ‘दबाई र देउता भोक र भकारी’ सेसनमा लेखक तथा जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्ले तथा कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलबीच संग केशव ढकालले बहस गर्नेछन् ।
रङ्ग
नेपाली रङ्ग दर्पणका विविध क्षेत्रमा माया थापा, मीन भाम, गणेश गौतम संग पत्रकार प्रकाश लामिछानेले बहस गर्नेछन् ।
प्रश्न किन गर्ने ?
प्रश्न किन गर्ने ? भन्ने सेसनमा हरि शर्मा, शिव गाउँले, सरिता तिवारी संग पत्रकार दिलभुषण पाठकले बहस गर्नेछन् ।

सिमान्त स्वर
मोहम्मद सिद्धिकी, दुर्गा शोब संग चन्द्रकिशोर झा ले बहस गर्नेछन् ।
कार्यक्रममा पहिलो दिन कर्णालीका बेला, दोस्रो दिन कर्णाली कोट्याउँ, तेस्रो दिन माण्ठ जुर्मुराउँदा छन् खण्डमा बाँडिएको छ ।