शुक्रबार, जेष्ठ ४, २०८१

सुर्खेतमा १० लाख नगद चोरी, बालक पक्राउ

  
कर्णाली टाइम्स मंगलबार, फागुन २७, २०७६

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरीमा संलग्न अभियागमा एक बालकलाई नगदसहित पक्राउ गरेको छ।

आइतबार वीरेन्द्रनगरबाट १ लाख २० हजार रुपैयाँ नगदसहित ती बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

वीरेन्द्रनगर–६ खोर्केलाईन स्थित बार एसोसियसनका अध्यक्ष नन्दराम भण्डारीको घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट पसेर दराजमा रहेको नगद रकम चोरी भएको भन्ने जाहेरीका आधारमा बालकलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवि रावलले जानकारी दिए।

उजुरीमा दराजमा रहेको १० लाख ५० हजार रुपैयाँ चोरी भएको उल्लेख गरिएको उनले जानकारी दिए। चोरी गर्नेहरूको खोजतलास गर्ने क्रममा एक बालक पक्राउ परेको र चोरीमा संलग्न भएका बाँकी व्यक्तिको खोजी भइरहेको डिएसपी रावलले बताए।

बालकलाई पक्राउ गरिसकेपछि अरु पनि यसमा संलग्न भएको खुलेकाले उनीहरुको खोजी भइरहेको उनले जानकारी दिए।