बुधबार, बैशाख १९, २०८१

सुनको मूल्य प्रतितोला ८२ हजार ७००

  
कर्णाली टाइम्स मंगलबार, फागुन २७, २०७६


सुर्खेत। सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । कारोना भाइरसको कारण विश्व अर्थतन्त्र प्रभावित हुनुको साथै अन्तर्राष्ट्रिय सेयर बजारमा निरन्तर ओरालो लागिरहँदा सुनको मूल्य भने निरन्तर उकालो लाग्दै नयाँ उचाइ कायम गरेको छ ।

आज मंगलबार सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले बढेको छ । हिजो (सोमबार) सार्वजनिक बिदा परेकाले नयाँ मूल्य आएको थिएन । तर आज मंगलबार भने छापावाल सुन गत आइतबारको तुलनामा २०० रुपैयाँले बढेर ८२ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन पनि प्रतितोला २०० ले नै बढेर ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत आइतबारको तुलनामा चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । गत आइतबार ८९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घट्दै ८८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।