सोमवार, मंसिर १७, २०८१

दुर्घटना न्युनिकरण गर्न, जनचेतनामूलक होर्डिङ बोर्ड

  
कर्णाली टाइम्स बुधबार, फागुन २८, २०७६


जगतदल जनाला विक
सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका सात वटा स्थानमा बुधवार सवारी जनचेतनामूलक हार्डिङ बोर्ड राखिएको छ । वीरेन्द्रनगरमा बढ्दो दुर्घटनाहरु न्युनिकरण गर्न बसपार्क एरिया, बजार, मुलपानी, तिनकुने, खजुरा र एरिचोकमा जनचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ । महांलक्ष्मी विकास बैंक लिमिटेड सुर्खेत शाखाको सहयोगमा उक्त बोर्ड राखिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए । सरकारी तथा निजि क्षेत्र अन्तरर्गतका बैङ्क क्षेत्रले सामुदायिक सचेतनाका काममा लगानी गरि सहयोग गनुपर्नेमा जोड दिए ।
बोर्डमा पार्किङ एरिया , पार्किङ निषेध, गति निषेध, गति सिमित, झुन्डियार यात्रा नगरांै , रोक्न निषेध जस्ता चेतनामूलक लेखिएका होर्डिङ बोर्डहरु राखियको बैङ्कका शाखा म्यानेजर सुरज बयलकोटीले बताए । उनका अनुसार राष्ट्र बैङ्कको निर्देशन अनुसार सामाजिक क्षेत्रमा लगानी गरि उत्तरदायित्व भई जनचेतनाका लागि यस्तो कार्यक्रम गरिएको हो ।