मंगलबार, बैशाख ४, २०८१

बराहतालको पाँचौ गाउँ सभा सम्पन्न

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ३०, २०७६


सुर्खेत । बराहताल गाउँपालिका सुर्खेतले विभिन्न विधेयकहरु पारित गर्दै पाचौं गाउँ सभा शुरु गरेको छ । बिहिवारदेखि सुरु भएको गाउँ सभामा कृषि विधेयक, सघ सस्था व्यवस्थापन विधेयक, शिक्षा विधेयक र नियमावली लगायतका महत्वपुर्ण विधेयकहरु पारित गरेको छ । गाउँ कार्यपासलकाले विभिन्न निर्णय र विधेयकमा छलफल गनुपर्ने भन्दै चैत्र ४ गते बिहान ११ बजेसम्मका लागि गाउँ सभा स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए ।