सोमवार, जेष्ठ १४, २०८१

वीरेन्द्रनगरले ९२ छाडा चौपाया हुम्ला पठायो

  
कर्णाली टाइम्स सोमवार, चैत्र ३, २०७६


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सडकमा रहेका ९२ छाडा पशु चौपायालाई हुम्ला पठाएको छ । वीरेन्द्रनगरमा छाडा पशुका कारण दुर्घटना लगायतका समस्या बढ्न थालेपछि नगरपालिकाले जिल्ला बाहिर पठाएकोे हो । सडकमा रहेका छाडा चौपाया मध्ये ९२ वटा चौपायालाई हुम्ला पठाइएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको प्रगतिशिल पशुपालन व्यवसायिक फर्ममा उक्त छाडा चौपाया पठाउने गरी गाउँपालिकाले वीरेन्द्रनगर र प्रदेशको भुमी व्यवस्था तथा सहकारी मन्त्रालयलाई माग पत्र पठाएपछि मन्त्रालयले पक्रिया पु¥याई चौपाया पठाउने आदेश बमोजिम सुचना निकाली पठाएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । उनका अनुसार शनिवार सम्झौता भएपछि आइतवार वीरेन्द्रनगरबाट चौपायालाई हुम्ला लिइएको छ । नगरपालिकाबाट करिब एक महिना लगाएर हिंडाएरै चौपायालाई हुम्ला पु¥याइने ढकालको भनाई छ । पशु ढुुवानी मापदण्ड अनुसार नै प्रक्रिया पु¥याई चौपाया पठाइएकोे अधिकृत ढकालको दावी छ । ‘हामीले सबै प्रक्रिया पु¥याई ९२ वटा चौपायालाई हुम्ला पठाएका छौं,’ अधिकृत ढकालले भने, ‘ हामीले चौपायालाई ढुवानी मापदण्डअनुसार नै हुम्ला पठाएका छौं ।’ उनले थपे, सडकबाट नियन्त्रणमा लिएर काञ्जीहाउसमा चौपाया राखि, ट्याग लगाएर आधाबाटो सम्म नगरपालिकाका कर्मचारीलाई पनि पठाएका छौं ।’
वीरेन्द्रनगरमा पशु चौपायाको समस्यालाई समाधान गर्न कृषकका घर–घरमा गई पशुको जन्मदर्ता र कानमा ट्याग लगाउने काम पनि गरिएको ढकालले बताए । सडकका छाडा चौपायाका कारण सडक दुर्घटना बढेको भन्दै बारम्बार नागरिक र सवारी चालकहरूको गुनासो आउने गरेको उनले बताए । यसअघि जिल्ला बाहिर पशुपालन प्रयोजनका लागि चौपाया पठाउने निर्णय गरेपनि गत भदौमा सुर्खेतमा भएको ‘गौहत्या काण्ड’का कारण  बाहिर पठाउन समस्या भएको थियो ।