आइतवार, चैत्र ९, २०८१

गाउँपालिका उपाध्यक्षद्धारा मास्क वितरण

  
कर्णाली टाइम्स सोमवार, चैत्र ३, २०७६


सुर्खेत । कालिकोटको पचालझरना गाउँपालिकाकी उपाध्यक्ष तारा न्यौपाने ‘साधना’ले विद्यार्थीलाई मास्क वितरण गरेकी छन् । उपाध्यक्ष न्यौपानेले कोरोना भाईरसबाट बच्नका लागि विद्यार्थीहरुलाई मास्क वितरण गरिएको बताइन् ।
गाउँपालिकाका चार विद्यालयमा विद्याथीहर्रुको बार्षिक परीक्षा सञ्चालन भइहेकोबेला कोरोनाको जोखिम पनि हुने हुँदा व्यक्तिगतरुपमा मास्क वितरण गरिएको उपाध्यक्ष न्यौपानेले बताइन् । ‘कोरोनाबाट बच्नका लागि यस्तो कार्यक्रम ल्याएकी हुँ,’ उपाध्यक्ष न्यौपानेले भनिन्, गाउँपालिकाका चार माध्यामिक स्तरीय विद्यालयका १२ सय विद्यार्थीलाई वितरण गर्ने छु ।’
उपाध्यक्ष न्यौपानेका अनुसार प्रति माक्स ३८ रुपैयाँका दरले ४५ हजार चार सयमा खरिद गरिएको छ ।
कोरोना भाईरसको बारेमा सचेतना अपनाउनका लागि धेरै मान्छे जमघट हुने प्रकृतिका कार्यक्रमहरु गाउँपालिकाले स्थगित गरेको बताउदै उपाध्यक्ष न्यौपानेले भिडभाड हुने कार्यक्रमहरु नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरेकी छन् ।
सोमबार पहिलो दिन पचालझरना गाँउपालिका वडा –४ राम्नाकोटमा रहेको श्री ज्ञानोदय माध्यामिक विद्यालय रहेका तीन सय ३६ जना विद्यार्थीलाई मास्क वितरण गरिएको छ ।
अन्तराष्ट्रिय स्तरमा कोरोनाको महांमारी चलिरहेका बेला गाउँपालिका उपाध्यक्षले विद्यार्थीहरुलाई मास्क् वितरण गरिएको प्रति खुसी लागेको विद्यालयका प्रध्यानाध्यापक ममराज सेजुवालले बताए ।