सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी अधिवेशन स्थगित गर्न सुर्खेत उद्योग वाणिज्य संघले माग गरेको छ । विश्व नै कोरोना भाइरस (कोभीड–१९) बाट त्रसित भइरहेका बेला महासंघको चुनावी अधिवेशन तत्कालका लागि स्थगित गर्नुपर्ने मागसहित सुर्खेत शाखाले ध्यानार्कषण गरेको हो ।
संघका जिल्ला अध्यक्ष धनबहादुर रावत र महांसचिव लक्ष्मण कंडेलद्वारा हस्ताक्षर विज्ञप्तीमा कोरोना भाइरसले विश्व नै आक्रान्त भएकाले तत्काल अधिवेशन नगर्न महासंघलाई अनुरोध गरेको छ ।
‘देशकै नीजि क्षेत्रको महत्वपुर्ण संस्था भएकाले महासंघको चुनावी अधिवेशनको चासो देखाई अधिवेसनको तयारी गर्नु स्वभाविकै हो,’ महांसचिव कंडलेले भने, तर सरकारले सार्वजनिक स्थलमा भीडभाड नगर्न तथा धेरै मानिसहरुको उपस्थिति रहने सभा सम्मेलन लगायतका कार्यक्रम नगर्न सचेतना गरिरहेका बेला अधिवेसन गर्न उचित हुँदैन ।’
कोरोना भाइरसका कारण सीमा नाका बन्दका कारण खाद्य अभाव र अन्य भ्रमहरु नफैलाउन आग्रह समेत गरेका छन् ।
व्यापारीहरुले सुर्खेतमा मास्क, सेनेटाइजर, इन्धन लगायतका दैनिक उपभोग्य बस्तुहरुको कालो बजारी नगरेको महांसचिव कँडेलले दावी गरे ।