मंगलबार, बैशाख १८, २०८१

विश्व रेकर्ड राख्न सफल शाही भन्छन् ‘कर्णालीलाई केहि दिएर मात्र बाहिर जान्छु’

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र ७, २०७६


जगतदल जनाला विक
सुर्खेत । च्याम्पियन बुकअफ द वल्ड रेर्कडमा नाम लेखाउन सफल कालिकोट महाबै गाउँपालिका –५का विजय शाहीले कर्णालीलाई केहि शिक्षा दिएर मात्र बाहिर जाने बताएका छन् । सन २०२० फेब्रोअरी ३ मा विश्व रेकर्डमा नाम राख्नका लागि विश्वका अन्यप्रतिस्पर्धीलाई पछि पार्दै ३० सेकेण्डमा १०र्२ शब्द स्मरण गरेर एक नम्बरमा नाम निकाली च्याम्पियन बुकअफ द वल्ड रेर्कडमा राख्न सफल भएका थिए । १९ वर्षक मेमोरी किङ्ग शाहीलाई ५० भन्दा बढि संघसंस्था तथा विद्यालयहरुले सम्मान गरेका छन् भने उनलाई भ्रमण तथा अन्य अवसर पाि त्यतिकै छन् । ‘मलाई विभिन्न देश तथा विदेश बाट अफर आएका छन् तर पनि कर्णाली जुन मेरो जन्म थलो हो त्यसका लागि केहि नगरी म बाहिर जाँदिन,’ शाहीले भने, ‘ कर्णाली संगै समग्र नेपालीलाई नै आफुमा भएका फर्मुला आइडियाहरु र अन्य ज्ञान बाँड्ने धोको छ ।’ साथै कर्णालीका युवाहरुलाई आफभित्रको ज्ञान दिई शिक्षामा सफलता हाँसिल गर्न सहज हुने उनको विस्वास छ । आफुले जानेका टिप्सहरु जति धेरै मानिस भएपनि ९ घण्टा भित्र सबै सिकाई सक्ने मेमोरी किङ्ग शाहीको दाबी छ । यो अभियान कर्णालीबाट सुरु गरि समग्र नेपालभरी ५ वर्षभित्र गरि सक्ने उनको भनाई छ ।यस भन्दा पहिला गिनिज अफ वल्ड  रेकर्डमा भारतका सागर भुजीले एक मिनेटमा ५२ शब्दस्मरण गरेर रेर्कड होल्ड गरेका थिए । त्यसभन्दा पहिले सन् २०१६ मा अर्पण शर्माले एक मिनेटमा ४२ शब्द स्मरण रेकर्ड कायम गरेका थिए । शाहीले पहिला आफु पनि पढाईमा कमजोरी भएको र पछि जब टिप्स जानेपछि नियमित कलेज र हरेक परीक्षा टपर हुने गरेका बताए । कक्षा १ देखि ६ सम्म वीरेन्द्रनगरे र कक्षा ६ देखि १० सम्म कालिकोटकोे कालिका माध्यमिक विद्यालय गेलामा पढेका थिए । यस्तै उनले उच्च शिक्षा पनि कालिकोटमै गरेका थिए । हाल काठमाडौंमा एम.वि.वि.एस डाक्टरको तयारीमा जुटिरहेका उनले धेरै विदेशी स्कलर सिपमा नाम निकालेपनि स्वदेशमैं अध्यनलाई पनि अगाडी बढाउने बताएका छन्