शुक्रबार, साउन ४, २०८१

स्रोता समुहद्धारा कोरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रम

  
कर्णाली टाइम्स शनिबार, चैत्र ८, २०७६

जगतदल जनाला विक
सुर्खेत । भेरीगंगा नगरपालिका–११ र १३ मा रहेका शिखर र चौतारी रेडियो स्रोता समुहले कोरोना भाईरस (कोभिड१९) को संक्रमणबाट बच्नका लागि जनचेतनामुलक पर्चापम्पलेट सार्वजनिक स्थानमा टाँस गरेका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयसँग सुन्दर नेपाल संस्थाले उपलब्ध गराएको पम्पलेटहरु समुहले टाँस गरेको हो । सार्वजनिक स्थल, स्वास्थ्य चौकी, होटेल, अस्पताल र विद्यालयमा बढी मानिसको उपस्तिति हुने भएकोले टाँस गरिएको शिखर रेडियो स्रोता समुहकी अध्यक्ष सिर्जना रसाईलीले बताइन् । रसाईलीका अनुसार पम्पलेटहरु टाँस्दै कोरोनाबाट बच्ने उपायहरुका बारेमा समेत जानकारी गराइएको छ । यस्तै समुहले खाजाको रकमबाट बचाएर २ समुहका ३५ जना सदस्यहरुलाई साबुन समेत वितरण गरेकोे छ ।