बिहीबार, जेष्ठ ३१, २०८१

बिना पास हिंडेको मेयरको गाडी १७ घण्टादेखि प्रहरी चौकीमा

  
कर्णाली टाइम्स आइतवार, चैत्र ९, २०७६

जगतदल जनाला विक
सुर्खेत । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा चढ्ने बा२ झ३४९७ नम्बरको गाडी शनिवार साँझ ६ बजेदेखि यो समाचार तयारपार्दा (१७ घण्टा) सम्म प्रहरीको नियन्त्रणमा रहेको छ । शनिवारको दिन बिनापास गाडी चलाएपछि विद्यापुर प्रहरी चौकीले गाडी प्रहरी चौकीमा रोकेको प्रहरी चौकी विद्यापुरका प्रहरी नायव निरीक्षक (असई) शेर सिंह धामीले जानकारी दिए । ‘शनिवार ४ बजे उहाँहरु गाडी इन्ट्री नगराएरै जानुभयो,’ असई धामीले भने, ‘आउँदाखेरी हामीले सोधपुछ गर्दा शनिवार बिदाको दिन बिना पास गाडी चलाएको पाइएपछि चौकीमा राखेका हौं ।’
असई धामीका अनुसार गाडीमा पञ्चपुरी नगरपलिका–८ का वडा अध्यक्ष भक्ति पौडेल र गाडी चालक विर बहादुर बुढा सवार थिए । ‘जानेबेला को–गएका थिए थाहा भएन आउने बेला चाहिं २ जना मात्र थिए, सोधपुछ गर्दा बिरामी भेट्न गएको जनाकारी आयो,’ असई धामीले भने, ‘पास ल्याएर आएपछि मात्र गडी दिने कुरा भएको छ । उहाँहरु आज (आईतवार) नै पास ल्याएर आउने कुरा भएको छ ।’