शनिबार, कार्तिक २४, २०८१

कर्णालीको विपद् कोषमा बौद्ध सहकारीले २५ लाख सहयोग ग¥यो

  
कर्णाली टाइम्स बुधबार, चैत्र २६, २०७६


सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्तरिय विपद् कोषमा बुधबार बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले २५ लाख सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार र राहतमा सहयोग पु¥याउने उद्देश्यले ५० करोडको कर्णाली प्रदेश सरकारले कोषको स्थापना गरेको हो । सरकारले कोषमा सहयोग गर्न चाहनेहरुका लागि समेत आव्हान गरेको थियो । सरकारी तथा निजी बैंक, वित्तिय संस्था, सहकारीहरुले कोषमा रकम जम्मा गर्न थालेका छन् । कर्णाली प्रदेश स्थित नीजि तथा अन्य संघ संस्था र बैंकले एक लाखदेखि १० लाख रुपैयाँ उक्त कोषमा जम्मा गरेको छन् । कोषमा निजी क्षेत्रबाट ७० लाखबढी जम्मा भैसकेको छ ।
सुर्खेतमा स्थापना भएर कर्णालीमै कार्यक्षेत्र बनाएको एक सहकारी संस्थाले अहिले सम्मकै सबैभन्दा धेरै रकम कोषमा जम्मा गरेको हो ।
प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सहकारी संस्थाले सहयोग गरेको संस्थाका कार्यकारी प्रमुख विशाल केसीले जानकारी दिए । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई संस्थाका उपाध्यक्ष सिंह बहादुर गुरुङ्ग, सचिव पासाङ्ग महतरा र कार्यकारी प्रमुख विशाल के.सी.ले सो रकम हस्तान्तरण गरेका हुन ।