सोमवार, मंसिर १७, २०८१

एशियन लाइफले प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच लाख सहयोग गर्यो

  
कर्णाली टाइम्स बिहीबार, चैत्र २७, २०७६


सुर्खेत । विश्वव्यापी महांमारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थापनका लागि उशियन लाइफ इन्स्योरेन्सले पाँच लाख रकम सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा इन्स्योरेन्स कम्पनीले आफ्नो १३ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातवटै प्रदेश सरकारलाई पाँच लाखका दरले रकम उपलब्ध गराएको छ ।
कम्पनीले प्रदान गरेको सहयोगकोे उच्च मूल्यांकन गर्दै यो रकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि सहयोग पुग्ने बताए ।
बिहिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई कम्पनीलेका सहायक महाप्रबन्धक एवं कर्णाली प्रदेश प्रमुख विजय पराजुलीबाट उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका जुनियर अधिकृत मिलन श्रेष्ठ, सञचारकर्मी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।