बिहीबार, असोज १७, २०८१

असिम अटोपार्टस द्धारा ६६ घरपरिवालाई खाद्यान्न वितरण

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र २८, २०७६

सुर्खेत ।
सुर्खेत्मा रहेको बजाजको असिम अटो पार्टसले वीरेन्द्रनगर ३ नयाँ टोलका ६६ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । नगरपालिकाको अनुमति लिई मजदुरी गरेर दैनिक गुजरा चलाउने टोलवासीलाई चामल, दाल नुन र तेल वितरण गरेको वडा नं ३ का अध्यक्ष भुपेन्द्र खत्रीले बताए । ‘हामीले अहिले एकद्धार नीतिबाट मात्रै राहत बाँडिरहेका छौं । सोही आधारमा असिमले हामीलाई राहत बाँडने भनेर सामान जुटाएको थियो ।’ उनले भने, ‘आज ६६ घर धुरीलाई हामीले राहत दिएका छौं । ज्याला मजदुरी गर्ने, कोठा भाडामा बस्ने र अत्यावश्यक परेका नागरिकलाई यो राहत वितरण गरेका हौं ।’
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले असिम अटो पार्टसले ६६ वटा घरधुरीलाई राहत बाँडनु स्वागतयोग्य भएको बताए । ‘सरकारको अनुमति लिएर सरकारको निर्णय अनुसार उहाँहरुलाई राहत बाँडिएको हो ।’ उनले भने, ‘७५ हजार बराबरको राहत वितरण भएको छ । कसैको घरमा पनि लकडाउनका कारण चुल्हो बल्न बन्द नहोस भनेर यो सहयोग गरिएको हो ।’
वडा अध्यक्ष खत्रीका अनुसार वडामा रहेका टोल विकास संस्थाहरुबाट वडाले विभिन्न चरणमा राहात, उद्धार र कोरोना नियन्त्रणका कामहरु गर्दै आएको छ ।